गजल-२६९

गजलकार
गजलकार

देव लामा 
जर्जिया, अमेरिका

आफू पहाड अरू तराई देख्ने ठुलो मान्छे
सधैँ पैतलाले पराई शिर टेक्ने ठुलो मान्छे

कला, साहित्य, शरणार्थी हुँदैन, बुझेर नि
‘शरणार्थी साहित्य’ भनी लेख्ने ठुलो मान्छे

केही दुनियाँले गुणगान गाई दिए
हाँसी हाँसी गला रेट्ने ठुलो मान्छे

एक पैसाको योगदान छैन समाजमा
विकासको मूल छेक्ने ठुलो मान्छे

पसिनाको मोल कति छ समाजमा ?
लुटी खान मरिमेट्ने ठुलो मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *