गजल-२७

तिलारुपा आचार्य / ओहायो, अमेरिका

ग-यौ खुन
हरायो जून

आरोप लायौ
बिर्सियौ गुन

थोत्रो जीवन
लाग्यो घुन

ओसियो संस्कृति
हरायो धुन

विदेशी भूमि
चाहिँदैन सुन

इज्जत दिएँ
लगायौ चुन

लगलग जाडो
नसम्झाउ ऊन्

मेरो देश
उधारो नून

जीवन मृत्यु
रोजूँ कुन ?

4 Replies to “गजल-२७”

Leave a Reply

Your email address will not be published. Required fields are marked *