गजल-२७०
देवीभक्त भट्टराई
फिलाडेल्फिया, अमेरिका
योद्धा तिमी वीर कति हो कति
देशका संरचनाको नगर्नु खति ।
मनको वेगलाई लगाई लगाम
रति पनि नबिगार्नु है तिम्रो मति।
संसार तिम्रो गुणगान गाउँछ
त्यसैले कम नगर्नु है आफ्नू गति ।
अघि बढ पहाड पर्वत तोडी
काध दिन्छौ हामीले सके जति ।
तिम्रो पराक्रम विश्वलाई देखाई
प्रशंसाको पात्र बन तिमी अति ।