गजल-२७२
गोविन्द फुयाल
केनटुकी, अमेरिका
तिम्रो मन मन्दिरमा बास माग्ने परदेशी म।
जुनीभरि तिम्रै साथ खास माग्ने परदेशी म।।
तिमी भए पुग्छ केही चाहिँदैन है यो जुनीमा।
बाँच्नलाई अलिकति सास माग्ने परदेशी म।।
दुई दिने बटुवा हुँ यात्रा बिचमा थाकेको छु।
एक रात बास अनि गाँस माग्ने परदेशी म।।
अन्तर मन चेतनाको ढोका खोली सधैंलाई।
मार्ग बुझ्ने एउटा प्रकाश माग्ने परदेशी म।।