गजल-२८

याम थुलुङ/बेलडाँगी

सम्झि–सम्झि फर्किआउने नगर्नू है दोबाटोमा
दोधार पार्न बोलाउने नगर्नू है दोबाटोमा

मान्छेको भिडमा आफै एक्लो भइ हराएर
जुनिभरि दुःख पाउने नगर्नू है दोबाटोमा

गुराँस झैं फुलेका तिम्रा ती वैंशालाई
टिपी देला सजाउने नगर्नू है दोबाटोमा

घरि–घरि देखिरहे सबै चीज प्यारो लाग्छ
एकै तिर सधैँ धाउने नगर्नू है दोबाटोमा

One Reply to “गजल-२८”

Leave a Reply

Your email address will not be published. Required fields are marked *