गजल-२८६
देव भण्डारी
नर्थ क्यारोलाइना, अमेरिका
पराई बरु आफ्ना हुन्छन्, आपत् परे’सी,
आफ्ना यहाँ पराई हुन्छन्, बसाई सरे’सी !
आफ्नो मानो आफै भरि आफै खाने ठाउँमा,
आँशा पनि लाग्दो रै’न , मनै मरे’सी !
हातमा समाई ताते भन्दै हिन्न सिकाएँ,
साख्खै-भाइ अनजान भा’छ, बेसी झरे’सी !
दुख्दो रैछ कता-कता, मन रुदो रैछ,
दैव पनि बाया परि खुसी हरे’सी !