गजल-२९
मैदान हुँ भन्नेहरुले डाँडाको कुरा गरे
ठीकै छ फूलले पनि काँडाको कुरा गरे
बगर जस्तो प्यास मेट्न कुन सागर जानु अब
पानीले त खोलासंग टाडाको कुरा गरे
नभेटिने माया नै पो अमर हुन्छ होला र त
दुई किनारहरुले माया गाडाको कुरा गरे
कवि आज भोकै छ श्रीमती विरामी छे
त्यही बेला घर मालिकले घरको भाडाको कुरा गरे
सायद जिउँन निराश निराश लागेर होला
सन्तमन्तहरुले पनि छाडाको कुरा गरे