गजल-३

नेपाली तन सबै सबै कुँदैछ रे सुनें
सबको मन आजभोलि रुँदैछ रे सुनें
नुन किन्ने सुको छैन छानो टाल्ने केले ?
गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें
गुराँससँग फूल्न बिर्सी वीर नेपालीले
त्यो देशलाई रगतले धुँदैछ रे सुनें
देउरालीमा दाजु-भाइ भिड्न व्यस्त हुँदा
विदेशीले मेचीकाली छुँदैछ रे सुनें
सबैलाई हँसाउन अर्को बिहान आउँदा
बुद्ध फर्काई ल्याउने सल्लाह हुँदैछ रे सुनें