गजल-३१०

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया

आमा तिमी जन्म जननी धर्ती फुलाउने तिमी
सन्तानका पीडा सहेर सबलाई रुझाउने तिमी !
भिरपाखा कान्लाहरुमा पिठ्युँमा बोकी हिँड्दै
डोको घाँस भारी बोकेर रनवन घुमाउने तिमी !
कहिले गर्दै गाली कहिले कोक्राबाट झिकी
ताते गराउँदै आँगनी बिचमा धुन सुनाउने तिमी !
साँझपख बसेर चुलामा ईश्वरलाई मनाएर
मिठो नमिठो पस्की थालमा जाउलो खुवाउने तिमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *