गजल-३२२
टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया
मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो
अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो!
जब पीडाले पोल्दा छाती माँझ मलम लगाई
कसरी सकुँला र भुल्न उनैले मेटेको खाटो !
उनी हुन् महान् आमा काँडामाँझ पाइला सार्ने
आफु हाँसेर अरूलाई पलपल रुवाउनुको साटो!
माटो र आमा भन्नु एउटै सिक्काका दुई पाटा
उसको र मेरो भनी नल्याउँने कहिल्यै फाटो!
उनी नै जन्म जननी सर्वश्रेष्ठ ममताकी खानी
प्रेम र सत्भाव जगाउने कतै नराखी राँटो !