गजल-३२४
जे एन दाहाल
पेन्सिल्भेनिया, अमेरिका
के-के देखेथें सपना पुरा भएन कहिल्यै
मनमै रह्यो कसैसँग कुरा भएन कहिल्यै
नसोचेकै मात्र भयो,नदेखेको मात्रै
टुक्रयो आफैँमा उ छुरा भएन कहिल्यै
देख्न खोजे पाईन्न,लेख्न खोजे पनि
अन्धकारमै पछि पर्यो सुरा भएन कहिल्यै
रहर टुटेकोथ्यो त्यो विगतको कहानी
लेखीएन काँही, बासुरा* भएन कहिल्यै
*स्पेनिस भाषामा फोहोर – लेखक