गजल-३३६
आशिष कोइराला
झापा, नेपाल
तिमीसँग बिताएको रात अझै मुटुमै छ
गाउलेको हाम्रो बारे बात आझै मुटुमै छ
दुईचार दिनलाई मैँले ढाँटेको त होइन थियो
तिम्ले देको धोकाको त्यो बात अझै मुटुमै छ,
हर्न पनि मलाई घिनाउन पो थाल्यौ तिमी
वेदनामा प्रेमको त्यो खात अझै मुटुमै छ
तिम्रो प्रेमको वृक्ष्य भन्थौ मरिसक्यो त्यो आज
मेरो नामको सानो त्यसको पात अझै मुटुमै छ
प्रेम एउटा नशा भयो उत्री गयो तिम्रा लागी,
त्यै प्रेमको नशाको त्यो मात अझै मुटुमै छ
तिम्ले छाडी टाढा गयौ मबाट सधैँलाई
मेरो तर्फ़ तिम्रो त्यो साथ अझै मुटुमै छ
तिम्रै नाम ‘ली बाँचेकै छु आजसम्म पनि
माया तोड्न तिम्रो त्यो बात अझै मुटुमै छ
हाल: साउदी अरेबिया