गजल-३३८

गजलकार
गजलकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

म त फूलै फूलले ढाकिएको शहरमा छु
अनजान भुलै भुलले ढाकिएको शहरमा छु ।

बाहिर निस्कन खोज्छु नजरको रेखाबाट
रेखाको झुलै झुलले ढाकिएको शहरमा छु ।

निसासिएको मनले मेरो मस्तिष्क पिसिएको छ
हिँसाको मूलै मूलले ढाकिएको शहरमा छु ।

सुन चाँदी हिरामोती सबको लोभमा परी
अनजान भुलै भुलले ढाकिएको शहरमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *