गजल-३३९
अर्जुन प्रधान
मिनीसोटा, अमेरिका
अलि अलि छुनेको कुनै भर हुन्न
डरमा काम विग्राँनेको डर हुन्न
होशियार हौँ साथी बेलौमा
वैँस र पैसाको शहरमा घर हुन्न
साह्रै मत्लवी छ यो दुनियाँ
दुनियाँले नै डुबाउँछ, रहर हुन्न
पश्चताप गरेर के गर्नु अब ?
वर्तमान विगत हुने कुनै शहर हुन्न
क्रान्तिपछि देखिएको शान्ति जस्तै
भ्रष्ट माथि पसिना छुवाउने कर हुन्न