गजल-३४०
सहयात्री ढकाल
ओहियो, अमेरिका
लेख्दै छु अचेल, तिम्रै नामको गजल
लेख्दै जाँदा कि हुन्छु ,सफल कि असफल
झुपडी नै काफी छ , मलाई जीवन भरि
चाहिँदैन मलाई, उपहारको महङ्गो महल
बेला बेला कोर्छु सिर्जना, पहिचानको लागि
छ सम्पत्ति सिर्जनाको, थाप्छु यहाँ पसल
सन्तुष्टिसँगै पहिचानको, छ कुरा यहाँ प्रिये
सम्झन्छु तिमीलाई, गजलबाट पल पल
लानु पो के रै’छ नाम, बाहेक यो जिन्दगीमा
न गर्नु छ रिस अरूको, न गर्नु छ डाह र छल