गजल-३४०

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया

यो कुनै युद्ध मैदान हैन हेर हरपल युद्ध गरिने
यो कुनै भट्टी हैन प्याला भरी..सोमरस भरिने।

यहाँ त शृजनशील फूलहरु फुल्नु पर्छ सदा
यो कुनै आर्यघाट हैन बगरमा सत्बिउ छरिने।

सकिन्छ त आऊ हातहरू बडाउँ सत्भाबका
यो कुनै रंगमंच हैन यौवनसरी प्यास हरिने।

किन गर्दछौ..अंशबण्डा साहित्यको नाममा
यो कुनै पेवा घडेरी हैन या त कोठा सरिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *