गजल-३४१

कथाकार
गजलकार

रमेश दियाली
वासिङ्टन, अमेरिका

कालो दागले पोतिएको महिलाको खोज हुन्छ
शरण माग्दै मन्दिर पुग्दा पुजारीको मोज हन्छ

माग्दा पानी पिसाव दिए पिलाइदिए जल भनी
कपाल काटी डाडा कटाई गाउँमा ठुलो भोज हुन्छ

महिनावारी हुँदा अछूत र कालो हुँदा बोक्सी रे
बलत्कार गरी हत्या सधैँ समाजमा रोज हुन्छ

अधिकारको चर्को कुरा गर्नेहरूलाई राम नाम
समानताको कुरा गर्दा यो देशमा बोझ हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *