गजल-३५०

 

गजलकार
गजलकार

डिल्लीराम शर्मा आचार्य
नर्वे

जान्नेलाई यही गजल क्या गजब बहर भयो
नजान्नेलाई यही गजल वाः गजब रहर भयो ।

जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे
जानेपछि यसैलाई कुदाउँदा सुन्दर सहर भयो ।

कतै हिमपात तुषाराका शब्दहरू वर्षाहुँदा
त्यही गजल बिग्रिएर कठांग्रीदो कहर भयो ।

नजान्नेलाई हेप्ता रैछन् गजल लख्नेहरू पनि
त्यही गजल सल्सल बग्ने ठुलाहरूको नहर भयो ।

ठुला पनि युद्धमा छन् जगल–गजल जुधाएर
भुईँचालोले भत्काए झैँ त्यही गजल खण्डहर भयो ।

अफ्नो मान्छे अफ्नो हुन्न घरै बिग्रे पछि हजुर
सर्पलाई दूध प्याएँ दूधै पनि जहर भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *