गजल- ३६४
यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया
अचेल शुद्ध नलेख्ने, पनि गीतकार हुन्छ
झ्याम्टाको ध्वनी निकाल्ने, पनि सितार हुन्छ?।।१।।
हुनेलाई केही हैन, नहुनेलाई त्यही सबै
गरिबको भोकै भात, रुचाउने अचार हुन्छ।।२।।
के के हुन्छ के के हुन्छ, हिजो आज यहाँ
पेट दुख्दा अस्पतालमा, टाउको चिरफार हुन्छ।।३।।
कति बजाउँछस् ‘अजनबी’, यो बाँसुरी पनि
संसारलाई सङ्गीत, आमालाई दिग्दार हुन्छ।।४।।