गजल-३६३

गजलकार
गजलकार

कृष्ण भण्डारी “काईलो”
ओहाइयो, अमेरिका 

 

साँच्चै  बालुवा   खन्यो   भने   गैराईमा   पानी  निक्लन्छ
बाँझोलाई  खनेर-जोतेर  फुटायो  भने  खानी  निक्लन्छ।।१।।

साहित्य कसरी बन्छ, यसरी मलाई  किन  सोध्नु   हुन्छ ?
हृदयले केही कोर्दै-लेख्दै जानु होस  कहानी  निक्लन्छ।।२।।

लेख्नै आउँदैन,  मन नै रित्तो छ, कलम  कसरी   चलाऊँ ?
जङ्गल पार गर्न फाँडदै बढ्नु पर्छ,सहर दामी निक्लन्छ।।३।।

प्रेम वियोग,गरिबको वेदना, दु:ख,कुन विषयमा थाल्नु ?
लेख्नमा  आफूलाई  विचलित  बनाए  ग्लानि   निक्लन्छ।।४।।

थाल्नु पर्यो  साहित्यिक  कलम  चलाउँन   अहिलेदेखि
जे लेख्नु छ त्यही कुरो मनबाट  शब्द  छानी  निक्लन्छ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *