गजल: ४२६

खनाल अविरल
यू के

शान्ति, दुर्गम देउरालीतिर जून बनेर   आऊ
बासुरी र सारङ्गिको मीठो धुन बनेर  आऊ ।

गामवेसीका प्रत्येक झुप्रा   झुप्राहरुमा   तिमी
साँझ  बिहान  अलिकति  नुन  बनेर   आऊ ।

सडकको पेटीमा सुनिन्छ भोका पेटका पीडाहरु
निरिहको  गालामा अलिकति खुन बनेर आऊ ।

जाडोमा सुनिन्छन् कारुणिक चित्कारहरु यहाँ
बिन्ती छ, तिमी अलिकति  ऊन बनेर आऊ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *