गजल – ३७२

गजलकार
गजलकार

ममता तामाङ्ग्
केन्टकी, अमेरिका

 

जन्मेको माटोबाट लखेटिँदा बास पाएको देश हो यो
भोकभोकै  कुपोषण लाग्दा गाँस पाएको देश हो यो ।

मानवतालाई साँच्चै ठुलो धर्म मान्नु पर्छ हजुर,
राष्ट्रहीन  भई भौंतारिँदा  कपास पाएको देश हो यो ।

अलपत्र जिन्दगी अनि भताभुङ्ग भविष्य हुँदा,
नविन्तम  जीवन सुरु गर्न साहस पाएको देश हो यो ।

मेरो देश धुजा धुजा लुटिँदा अनि सम्बन्ध टुटिँदा,
जीवन  धान्न   खास   उद्धान   पाएको देश हो यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *