गजल – ३७९

गजलकार
गजलकार

सहयात्री ढकाल
ओहायो, अमेरिका

 

मण्डेलाको जस्तो पो दम हुनुपर्छ
बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ ।

ए ! बैज्ञानिक नरसंहार गर्न होइन
बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ ।

सक्छौ भने बिश्व शान्तिको लागि
आँणविक  हतियार कम हुनुपर्छ ।

जसले धर्तीलाई सुन्दर बनाउछ
उसको भुमिका त अहम हुनुपर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *