गजल – ३८२

गजलकार
गजलकार

बैरागी माइलो
पेन्सिल्भिन्या, अमेरिका

 

बा  रक्सी  छोड्छु,  पानी  पिउने  बानी  बनाउँछु ।
खाडी  कै  भए  पनि   एउटा  राहदानी  बनाउँछु ।।

देश  बेचिसके  भ्रष्ट  र  घुसखोर  नेता भनाउँदाले।
बेच्न बाकी  रहेको सगरमाथालाई  सिरानी बनाउँछु  ।।

सारङ्गी मादल बिनायो र मुर्चुगा गाउँमा रुँदै छन् ।
यिनै बाजा बजाएर यो मुलुकको  निशानी बनाउँछु ।।

शत्रुलाई पनि माया गर्न जानेका वीरहरूको देश हो यो ।
तिनै वीर सपुतहरुको बिर्सनै नसक्ने कहानी बनाउँछु ।।

मेरो  छोराका अनगिन्ती सपनाहरू पुरा हुन्छन् या हुँदैनन् ??
भन्ने  गर्छ ‘धेरै पढेर मूर्ख भएकालाई फेरि  ज्ञानी बनाउँछु’ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *