गजल-३८३

गजलकार

ईश्वर ढकाल
नर्थ क्यारोलाईना, अमेरिका

 

 

हेर्दा तिमी हसिलि अनि काली देखिन्छौ
सिन्दूर छैन निधारमा, खाली देखिन्छौ ।

भेट्न त धेरै भेटेँ तर कसैलाई मनले खाएन
हजारौँमा तिमी सुन्दर अनि डाली देखिन्छौ ।

खोइ कसरी कुरा चलाऊँ, बाटो फरक छ
वैंशालु त्यो जोवनको रखवाली देखिन्छौ ।

छाडी जाऊँ त ऐले, फेरि नभेटिएला भोलि
उन्माद वैंशले रापिएकी लाली देखिन्छौ ।

टिप्ला कसैले त्यो वदन, हृदयमा डर लाग्छ
सबै भन्दा मनमोहक मायाकी माली देखिन्छौ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *