गजल-३८६
चरण बजगाईं
अमेरिका
म निकम्मा र गन्तव्यहीन भएँ अब म मरे कसो होला साथी
म केवल भावनामा आकाशिएँ अब म झरे कसो होला साथी ।
जीवनका लक्ष र अमूल्य रहर अब पूरा हुन्नन् होला कहिल्यै
त्यसैले कहीँ अन्तै अर्कै मुलुक अब म सरे कसो होला साथी ।
मैले सोचेको जीवन र यथार्थ नमिलेको मेरो यो जीवनमा
धेरै कठिन बाटो भन्दा संसारै अब म तरे कसो होला साथी ।
साथी संगीका अपेक्षा गहकिला र धेरै स्तरिय छन् म बाट
ती मनले त्याग्नु अगि आफ्नै त्याग गरे कसो होला साथी ।
मन छ, सीप छ उपाय छैन, अर्थहीन जीवन बाच्न मन छैन
बाँचेर मर्नु भन्दा आजै भुङ्ग्रोमा अब म परे कसो होला साथी ।
मैले मर्दा कसैको भलो हुने भए सम्पर्क गर्नुहोस् मित्र हो चाँडो
त्यसै मर्ने पनि इच्छा हैन युद्धको फारम भरे कसो होला साथी ।