गजल-३९
सबिन सिंह,
कपिलवस्तु
तिम्रो रूप सजाउने कालो गाजल भैदिन्छु म
आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म
पाइला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै
चालमा तिम्रो ताल मिलाई, बज्ने पायल भैदिन्छु म
रूप तिम्रो देखेपछि जलि मर्ला सूर्य पनि
ढुक्कसँग हिँड्नू तिमी छेक्ने बादल भैदिन्छु म
साथ तिम्रो हुनेछु म, जता तिमी लागे पनि
सही गलत थाहा छैन, मूर्ख पागल भैदिन्छु म
गहभित्र सागर छ, छेक्न गाह्रो पर्ला कतै
परेलीको डिल्मा बसी रोक्ने गाजल भैदिन्छु म
दुस्ख सबै लिन्छु आँफै, सुख जति तिमीलाई,
तिमी खुशी, भई नाच, बज्ने मादल भैदिन्छु म