गजल – ३९०

कुल सिन्चिउरी
ओहायो, अमेरिका

सोचे जस्तो हाम्रो जीवन सरल  हुन्न रहेछ,
मेहनत बिना कोही जन सफल हुन्न रहेछ ।

यस्तै यस्तै सिकाउदैछ पाठ, जिन्दगीले,
खुशी भन्दा ठूलो, यहाँ महल हुन्न रहेछ ।

समय  सँगै  केस  फुल्यो, दाँत  झर्‍यो,
सधैँ भरि जवानी र नक्कल हुन्न रहेछ ।

नियमहरू बिस्तारै  सिक्दै  जानु  ‘कुल’
शब्दहरू मिलाउँदैमा गजल हुन्न रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *