गजल – ३९२

प्रदीप गुरुङ्ग्
नर्थ क्यारोलाईना, अमेरिका

अँध्यारो पछि सुनौलो बिहान हुन्छ
तोते बालक एक दिन जवान हुन्छ।

हाँसेर बोले  मन पनि चङ्गा झैँ हुने
अनुहार श्रृंगार्ने मन्द मुस्कान हुन्छ।

सलाईको काँटी हेर्दा झिनो भएनी
खेलाँची  गर्दा ठूलो नोक्सान हुन्छ।

एउटा एउटा ईटा जोडे बन्छ महल
सबैसँग  मिल्ने व्यक्ति  महान हुन्छ।

रात पछि दिन हुन्छ दु:ख पछि सुख
जहाँ  समस्या  त्यहाँ समाधान  हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *