गजल – ३९५
हिम शिखर
ओहायो, अमेरिका
छ तिमीलाई सम्झी रहने आदत मेरो
बस्न पनि कस्तो बसेछ यो लत मेरो ।
बिर्सूँ भन्छु मान्दैन मन भरिन्छन् आँखा
नछुट्ने रहेछ आँसु सँगको सङ्गत मेरो ।
तिमीले नै नबुझे कसले बुझ्न सक्छ र
पागलको जस्तै, सधैँको यो हरकत मेरो ।
कैद छु तिम्रो दिलमा कैदी नै बनिरहूँ म
सधैँ खारिज गरी दिनु त्यो जमानत मेरो ।
निर्दोष छ्यौ तिमी जुटाई रहनु पर्दैन दसी
प्रमाण यहीँ निर छ मुटु यो , साक्षत मेरो ।
भाग्यले सधैँ प्रहार गरेकै छ यसरी मलाई
बाँकी नै छ अझै सहन सक्ने तागत मेरो ।