गजल – ३९६

कुमार सिवाकोटी
पेन्सिल्भिन्या, अमेरिका

अनायासै मायामा शङ्का मिसाएको छौ भने
सुमसुम्याउँदै  फकाउँला  रिसाएको छौ भने ।

मायाको गरा  गरामा  विश्वासको  खेती  गरौँ
स्वादले खाउँला कोदो नि पिसाएको छौ भने ।

कहिले काहीँ भारी हुँन्छ आफ्नै यो जिन्दगी
पालो  दिउँला  चैतारीमा बिसाएको छौ भने ।

छट्पटी  होला  मायाको  सुखद अनुभूतिमा
दु:खको कल्पना मायामा बिर्साएको छौ भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *