गजल – ३९७

नारद आचार्य “सुदामा”
पेन्सिल्भिन्या, अमेरिका

तिमीलाई  बेहुली बनाउने रहर छ !
फुलबुट्टे सारीमा सजाउने रहर छ !!

माघ  बित्यो  साउन  छदैछ आज !
रातो हरियो चुरा मगाउने रहर छ !!

यज्ञको     वरी~परी  बसेर  सप्रेमले !
म हारेर तिमीलाई जिताउने रहर छ !!

बनाउनु छ शान्तिको  महल  यहाँ !
गृहस्थी जीवनमा रमाउने रहर छ !!

ओढाएर  प्रीतको  छाता  तिमीलाई !
संगैअस्ताउने संगै उदाउने रहर छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *