गजल-४०५

परमा अधिकारी (कान्छा)
पेन्सिल्भेनिया, अमेरिका

साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा ।
आनन्दले हामी बसी टन्न पिउन कान्छा।।

ठुलै  धर्मी  देऊ  भक्त  लोकलाई  देखाउन।
चन्दनटीका  शिरमा घसी टन्न पिउन कान्छा।।

अस्ति खाको साउनीले हिसाब अघि सार्दा ।
बाँकी तिर्न कम्मर कसी टन्न पिउन कान्छा।।

कसले भन्छ धूम्रपानले मरिहाल्छ मान्छे ।
हाम्रा बाजे लागे असी टन्न पिउन कान्छा ।।

दिमाग खराब हुन्छ मेरो पढाई खर्च जोड्दा ।
केको कलम केको मसी टन्न पिउन कान्छा।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *