गजल-४१४

लक्ष्मी मिश्र
क्यूबेक, क्यानाडा

 

रङ्गिन  सफा  बगैँचाझैँ  फुली रा’छ मेरो मन
निश्चल चिसो बतास भई डुली रा’छ मेरो मन ।

बादलमाथि  आफ्नो  छुट्टै संसारमा रमाउन
अटल अग्ला हिमाल झैँ चुली रा’छ मेरो मन ।

दुई दिनको यो जिन्दगीमा मरी लानु के नै छ र
मनका  सबै  पिडाहरू  भुली  रा’छ  मेरो  मन ।

बन्द ती तिम्रा आँखाहरू खोली हेर देख्न सक्छौ
सुन्दर  निलो  आकाशझैँ  खुली  रा’छ मेरो मन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *