गजल-४१७

पुजन राई
ओहायो, अमेरिका

ठुला अघि झुक्ने चलन छ गाऊँ मा
मेला पात पुग्ने चलन छ गाऊँ मा !

सहरमा बिजुलीले के के गर्छ अरे
उत्ता चुलो फुक्ने चलन छ गाऊँ मा !

माया गर्छौ भने “भन “भन्छीन उनी
अघि पर्दा लुक्ने चलन छ गाऊँ मा !

छल गरी परदेशीले टाँडा भयो भने
सबको मन दुख्ने चलन छ गाऊँ मा !

बेइमानीले सहर अनि देश सबै खायो
समाज सामु चुक्ने चलन छ गाऊँ मा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *