गजल – ४३०

टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया

गर्दैछौ गाली किन,आज नि’र्दोष बेलडाँगीलाई
दमक चम्कायो कसले,सोध्नु ‘होस बेलडाँगीलाई।

ब्रिगेड बाल्नेको के दोस, बेच्नेको त चर्चा गर
अतिवादको नारा लाउँदै, के को ‘रोष बेलडाँगीलाई।

सुँगुर पाल्ने एउटा ,धन सोर्ने तल्ला धरे
त्यसैले दमक चम्क्यो, किन ‘दोष बेलडाँगीलाई।

प्रदूषण मात्रै हैन, अब सडकका भट्टी सुक्छन्
जब शिविर उठ्छ, अनि देखाउनु ‘जोस बेलडाँगीलाई।

बटुवा सारा हेर,करोड पतिका मालिक भए
करोडौँ सोर्दै हाँसेऊ, फेरी किन ‘ठोस बेलडाँगीलाई।

बेल्डांगी सहर भन्नु, दमकको मुटुनै मान्ने हुन्छ
गतिछाडा चैँ कसैले, अब नभ’नोस बेलडाँगीलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *