गजल-४३८

ओबेथ साम्पाङ्ग
ताजमनिया, अस्ट्रेलिया

समय बदलेछ क्यारे, भन्नेले मलाई बेरोजगार भनछन्
मुखले ठिक तर हातले छुरी धस्नेलाई यार भनछन्

यही हो तितो वास्तविकता म बाँचिरहेको परिवेशको
दुस्मनहरूसँग भन्दा आफन्तसँग होसियार भनछन्

जसले जे गर्दा पनि हुन्छ यहाँ, छुट छ हुनेहरूलाई
त्यसैले त आजकल हर कुरामा अधिकार भनछन्

खै कसले उस्काइ दिए यी भट्टीवालीहरूलाई
जानो! सय पर्ने लोकल रक्सीलाई हजार भनछन्

स्वर्थि यो दुनियाँमा आफू बाँच्ने र नाँच्ने खेलमा
अमृत भन्दा विष पिलाउनेहरू समझदार भनछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *