गजल-४३९

माधव अधिकारी
सिड्नी, अष्ट्र्लिया

यहाँ फरक हेराइले हेर्ने नजर भेटिएको छ
अर्काको दु:खमा हाँस्ने हजार थर भेटिएको छ

सधैँ सम्झी रहने मान्छेले चटक्क बिर्सिएर गए
आजकल उसको दुस्मनसँग सफर भेटिएको छ

थहाँ नदीई आफ्ना भड्काउँनेलाई के भनौं र
मुखमा चिप्लो, मन-मुटुमा पत्थर भेटिएको छ

आधा बिचमै निष्ठुरीको औकात थहा भो
जिन्दगीको एक कुनामा बगर भेटिएको छ

देश लुटे जनता लुटे अझ के के लुट्छन् हेरौं !
जो भ्रष्ट उनीहरूकै करोडैको घर भेटिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *