गजल – ४४४
तिला अधिकारी
तासमनिया, अस्ट्रेलिया
मनभरि गुम्सिएका रहरहरू कसरी लुकाऊँ
पीडा मिश्रित अनुहारको हाँसो कसरी पठाऊँ ।
भविष्यको कल्पनामा रोपिएका सुन्दर फुलहरू
कोपिलामै भाँचिएका छन् कसरी बचाऊँ ।
खोइ मैले पत्तो पाइनँ जिन्दगीका स्वप्निल पलहरू
अब यो बिरानो ठाउँमा सपनाहरू कसरी सजाऊँ ।
हज्जारौं आसाहरू रुमलिएर चारैतिर छरिरहँदा
भन “दिल”सुगन्धले भरिएको मन कसरी बनाऊँ ।