गजल-४४८
टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया
ब्यर्थ हो प्रियजन यादमा डुबी हराउनु
हरेक साँझ सपनीमा झस्किएर कराउनु ।
थाहाछ सबलाई माया अन्जानैमा बस्छ
स्वार्थ लुट्न कसैलाई नी मन न’पराउनु ।
कस्ले सक्छ जोख्न माया तराजुमा पस्किएर
बिना अर्थ तस्वीर दीलमा किन भराउनु ।
अप्नाउँनु भन्दा पैले आँफु सफा हुनैपर्छ
आतुर गरी हुन्न नी मनलाई अराउनु ।
मायामा पबित्रता संगालेर राख्या छ भने
अनायासै आत्तिएर किन यहाँ डराउनु ।