गजल-४५१

टेक भण्डारी
अस्ट्रेलिया

कहिल्यै गाएनौं हामीले,अनमोल गीतहरू बाबाका
सधैँ पाखा लगायौँ, हरेक सुन्दर प्रीतहरू बाबाका ।

खाली पाउले काँडा टेकेर, खेतबारी जोत्दै घाममा
किन कहिल्यै सम्झिएनौं, ती पौरखी जितहरू बाबाका ।

आमा धर्ती भए, बाबा कञ्चन सफा आकाश हुन
त्यसैले बचाऊँ आमाका जस्तै, ती रीतहरू बाबाका ।

हामी सम्झन्छौं, आमाले छुपुछुपु धान रोप्दै नाचेको
तर खै कता गए बेठीमा, लाएका मितहरू बाबाका ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *