गजल-४५३
माधव अधिकारी,
अल्बेरी, अस्ट्रेलिया
दुनियाँसँग हाँसेर नाचेर चल्दैन जिन्दगी।
मदिराको नशामा बाँचेर चल्दैन जिन्दगी।।
बिगार्ने आफ्नै हुन्छन् अरू चाहिँदैन कोही।
सधैँ भरि उचालेर पछारेर चल्दैन जिन्दगी।।
खुसीले बाँच्न देऊ मलाई आफ्नै संसार।
एक अर्कासँग रिसाएर चल्दैन जिन्दगी।।
बिर्सिएर सम्झनु भन्दा नसम्झिएकै जाती।
सधैँ झुटो साइनो गाँसेर चल्दैन जिन्दगी।।