गजल – ४६१

दिनेश भट्टराई
ओन्टारियो, क्यानडा

जित्दैन मान्छे बारम्बार हारी रहन्छ ।
टुटेको सपना डेरा सारी रहन्छ ।।

बनाउन खोज्छ नौलो संसार ।
सक्दैन फेरि अनि बिगारी रहन्छ ।।

अरूको खुसीमा मन खोलेर हाँस्छ ।
आफ्नो भने रहरहरू मारी रहन्छ ।।

म बुझ्न खोज्छु त्यो मनको कुरा ।
अनेकौँ बहाना बनाई ऊ टारी रहन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *