गजल-४६३

लक्ष्मण धमला ‘दुखी साइँलो’/ ओहायो, अमेरिका

हलचल चलेकोछ मनमा, प्रमाण के हुन्छ
तिम्रै कारण मन जलेको छ, प्रमाण के हुन्छ ।

मनमा ठूलै सपना सजाएको थिएँ मैले पनि
दैनिकीले नै तन गलेको छ, प्रमाण के हुन्छ ।

निर्दोष यी हातहरू अपराधी छन् भनेपछि
आत्मा सम्मान ढलेको छ, प्रमाण के हुन्छ ।

हँसिलो मुहार हेरेर वर्गीकरण नगर्नु मलाई
भित्र-भित्रै आगो बलेको छ, प्रमाण के हुन्छ ।

बिग्रिए मेरो, नासिए मेरो भनिरहें सदाबहार
अन्धविश्वासले छलेको छ, प्रमाण के हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *