गजल – ४६९
पुष्प रिजाल
ओहायो, अमेरिका
साँझ बिहान भेट हुने, चौतारी नै काफी थियो
प्रत्येक दिन हामी रुने, चौतारी नै काफी थियो ।
सधैँ लुकी भेट्ने गर्थेउ, डाँडा पाखा पँधेरीमा
गाजल र परेली धुने, चौतारी नै काफी थियो ।
दिन-भरी घाँस दाउरा, सम्झी मनमा चोखो माया
रातो-लाली ओठ छुने, चौतारी नै काफी थियो ।
कोकिल कण्ठ स्वर तिम्रो, अझै सुन्दर रूप नि
मीठो धुन कानले सुन्ने, चौतारी नै काफी थियो ।