गजल – ४७९

बहादुर वालिङ राई
मेरिल्यान्ड, अमेरिका

मीठो   मिलन  अघि  क्षितिजजस्तै  दुरी  हुनुपर्छ
प्रेम  अमर  रहन  थोरै  दुरी  र  मजबुरी  हुनुपर्छ ।

हो ! म अपराधी हो सत्य बोल्नु अपराध  हो भने
तिम्रो अदालतमा मेरै  नामको धेरै  उजुरी हुनुपर्छ ।

मेरै सहारा लिएर शिखर  पुगेको  मान्छे  हो  ऊ
फेरि मलाई सम्झन उसलाई  मेरै जरुरी  हुनुपर्छ ।

प्रदूषणको गन्धकी हटाउनु छ भने तिमी आफैँले
कहिले बर्सातको भेल, कहिले  हावाहुरी हुनुपर्छ ।

माटो त सम्झिए पुग्छ, आफ्नै चिनारी बाँच्नु पर्छ
मेरो चिनारी म मर्दा  सिरानीमा  खुकुरी  हुनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *