गजल-४८७

त्रिबिक्रम अधिकारी 
केन्टुकी, अमेरिका

भोक-निन्द्रा गायब भो, कुन हालमा छु म
बाजाको के कुरा गर्नु, बेकसुर तालमा छु म।

खै यस्तै हुन्छ भन्छन्, माया गर्नै पारखीहरू
ह्वात्त आउँदै-जादै गरिरहने छालमा छु म।

प्रेमबिना जिन्दगी अधुरो भन्दै ठोकुवा गर्छन्
फुत्किन नै मुस्किल पर्ने, मायारूपी जालमा छु म

फूल र वासना झैँ- पवित्र सम्बन्ध बनोस् माया
बयान नै कसरी गरूॅं, बेहोसी कालमा छु म।

Leave a Reply

Your email address will not be published. Required fields are marked *