गजल – ४८८
मनबहादुर सारू मगर
रोचेष्टर, अमेरिका
नेपाली भनी नेपाल आयौँ शरण लिएर
गाईको दाना मान्छेले खायौँ शरण लिएर
न बस्नु राम्रो न खानु राम्रो माईको बगर
खोजेर झार छाना है छायौँ शरण लिएर
खेताला लायौँ पसिना खायौँ शिविरे भनेर
घरको खाना खाएर धायौँ शरण लिएर
खोजेको कुरा खोसेर लान्थ्यो पशु झैँ कुटेर
पिर र व्यथा जुटेर गायौँ शरण लिएर
गल्ती नै बिना बोल्नु लायौँ सजाय दिएर
नेपाल आई दु:ख है पायौँ शरण लिएर