गजल-४९

कमल रेग्मी
दार्जीलिङ

कसैले मलाई फुकेर गयो
कसैले मलाई थुकेर गयो।

रोपेको थिएँ विश्वासको फूल
किन अनायसै सुकेर गयो।

सधैँ मसित हाँसेर बोल्ने
आज मदेखि लुकेर गयो।

क्यै गरे जस्तो त लाग्दैन
बुझेर शायद झुकेर गयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *