गजल – ४९८

विश्वास लामा
क्यानाडा

तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ
थाहा छैन किन मनमा डर भएको छ ।

तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन ।
आज एक्लो हुँदा लाग्छ जहर भएको छ ।

दुनियाँले पनि यहाँ कुरा काट्न थाली सक्यो
यस्तो हुँदा मलाई कति असर भएको छ ।

मन भित्रका कुराहरू पोख्नलाई भए पनि
मलाई गजलकार हुने ठुलो रहर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *